सरकारसँग १० महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सन्चिति
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति फागुनसम्ममा ९.४ प्रतिशत बढेर ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको अन्तसम्ममा विदेशी सन्चिचि १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुनमसान्तमा ९ अर्ब ६० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति फागुनसम्ममा ९ खर्ब ८३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेका थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ । यस्तो बचत गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
२०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
फागुनसम्मको आयातलाई आधारमान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
त्यस्तै, फागुनसम्मको मुल्यबृद्धि ६.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनाको मुल्यबृद्धि ४.२० प्रतिशत रहेको थियो ।
Facebook Comment