गाँसबासको समस्या भए मलाई खबर गर्नुस्ः पहारी
चिप्लेढुङ्गा । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदूरी गर्ने र छाक टार्न समस्या भए आफूलाई खबर गर्न गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले आग्रह गरेका छन् । नेता पहारीले पौरखी स्वयंसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यक्रममा चामल र तेल सहयोग गर्दै गाँसबासको समस्या भए आफूलाई खबर गरी सेवा लिन आग्रह गरे ।
पहारीले लकडाउन सरकारको रहर नभई जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले पालना गर्नुपर्नेमा जोड दिए । पौरखी समूहका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधिबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगका लागि वचन दिएको बताए । उनले यही वैशाख ६ गतेदेखि दैनिक २० देखि २२ स्वयंसेवकले सेवामा जुटेर भोजन वितरण गर्दै आएको जानकारी दिए। तिमिल्सिनाका अनुसार सोमबार मात्रै समूहले पोखरा महानगरका करीब एक हजार एक सयलाई घरघरमै खाना पु¥याएको छ ।
पोखरा ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले सो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारीसमेत अभियानमा छन् । पौरखीले सहयोगी मनबाट स्वतःफुर्त जिन्सी सहयोग जुटेको तर कसैसँग पनि नगद सहयोग नलिएको बताए । उनले सोमबार नै शैलेन्द्र रावतबाट तीन बाकस तेल सहयोग भएको जानकारी पनि दिए।
Facebook Comment