राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ नियमित भेटघाट गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय गएका हुन् ।
प्रतिक्रिया
Facebook Comment