कच्चा तेलको मूल्यमा रेकर्ड गिरावट, सिलबन्दी पानीभन्दा पनि सस्तो भयो

डिसी नेपाल
९ वैशाख २०७७ ८:५५

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड)को मूल्यमा रेकर्ड गिरावट आएको छ । कोरोनाभाइरसको महामारीका कारण यसरी मूल्यमा गिरावट आएको बताइएको छ । न्यूयोर्कमा कच्चा तेलको मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको छ । २० अप्रिलमा न्यूयोर्कको तेल बजारमा ठूलो हलचल आयो ।

यहाँ कच्चा तेलको मूल्य यतिसम्म कम भयो कि सिलबन्दी पानीभन्दा पनि सस्तो भयो । अहिले आएको गिरावट मे महिनामा आपूर्ति गरिने पेट्रोलियमको लागि हो । यहाँ युएस बेन्चमार्ककै रेकर्ड गिरावट आएको हो । मे महिनामा आपूर्ति गरिने तेलको मूल्य एक समय झरेर १.५ं डलर प्रतिब्यारल भयो । यो कच्चा तेलको मूल्यमा एक दिनमा ९० प्रतिशत गिरावट हो ।

मे महिनाको लागि कच्चा तेल आपूर्तिको सम्झौता २१ अप्रिलमा समाप्त हुँदैछ । तर, तेलका खरिदकर्ता पाइएका छैनन् किनकि विश्वका अधिकांश जनसंख्या अहिले घरमा बन्द छन् र विश्वका कैयौं देशमा तेलको प्रयोग अत्यन्तै न्यून भएको छ ।




प्रतिक्रिया

One thought on “कच्चा तेलको मूल्यमा रेकर्ड गिरावट, सिलबन्दी पानीभन्दा पनि सस्तो भयो

  1. NCell ले तिरेको १३ अर्ब करको पैसा र राष्ट्र बैंकबाट थप पैसा जुटाएर नेपाल सरकार र नेपाल आयल निगमले अहिले पानी भन्दा सस्तो ( USA ) कच्चा तेल भएको बेला किनेर स्टोर गर्न सक्यो भने केहि महिना पश्चात तेही तेल बाट सरकारलाई लगानीको double बचत हुन्छ | अर्थात् अहिले २० अर्बको तेल किने केहि समय पश्चात 40 अर्ब या सो भन्दा पाचौ गुना मूल्य बराबरको मुनाफा भई देशको पैसा बचत हुन्छ |
    जबकि अहिले नेपाल सरकारलाई कर्मचारीलाई तलब दिनु बहिक अन्य खर्च छैन , जसको भरपुर सदुपयोग गर्न सकिन्छ |

    अनि समस्या भनेको तेल कहाँ स्टोर गर्ने हो जसको लागि हामीले पुरानो Tanker , पानीको Tanker या अन्य ड्रम हरुमा स्टोर गर्न सक्छौ |

    अब यस कार्य बाट जोगिएको अर्बौ पैसालाई तत्काल कोरोना बाट पिडित नेपालको सबै जिल्लामा एक एक कृषि योजना लग्नु गर्नु पर्छ, जसको लागि नेपाल आर्मी बाट सहकार्य हुनु जरुरि छ | अब आर्मी नै किन भन्नु पर्दा हामीले बर्सौ देखी अन्य NGO , INGO र खुद नेपाल सरकारको परियोजना देखियो तर result सबै सुन्य हुने किन भने त्यहाँ commission , चुवाहट र ढिला सुस्ती धेरै भएकोले | फेरि एस्तो जटिल परिस्थिथिमा जनतामा अनुशाशन हुनु नि जरुरि छ- मतलब Social Distancing |

    कृषि परियोजना लागु गर्दा त्यो ठाउको माटो , हावा-पानी , बजार सब लाई विचार गरेर तेहीको स्थानीय जनतालाई तालिम दिने जहाँ दिनको १००० रुपैया भन्धा बडी भत्ता , लगानी- बिना ब्याज को ऋण र हेर विचार गर्न सहयोग अनि निरन्तर रेख देख हुनु पर्यो |
    एस्तो गर्दा २ वोटा फाइदा हुन्छ एक गरिब बिपन्न जनता भोक-भोकै मर्दैनन र विदेशको अन्य धनि देश जस्त्रो आफ्नो घरमै सुति सुति बस्ने जनतालाई जस्तो फ्री मा राहत ( Stimulus Checks ) दिनु परेन र अर्को महत्पूर्ण कुरा भनेको एक समृद्ध आत्म निर्भर नेपाल |

    COVID-19 को कारणले अहिले सबलाई आफ्नो देश, आफ्नो गाऊ घरमै केहि गरौ भन्ने भावाना विकास भएको मौकामा सरकारले सहि कदम लिन सके यो देशको लागि turning पोइन्ट हुनेछ |
    त्यो बहिक अब बिस्तारै केहि वर्ष सम्मको लागि खाडीमा रोजगारी कम हुनेछ, जसले गर्दा हामीले जति धेरै गाऊ घरमा बिकासको परियोजना लागु गर्न सक्यो तेती दुरगामी प्रभाव पर्ने छ |

    साथै सरकारले आफ्नो आयात नीतिमा नि परिवर्तन गर्न जरुरि छ अब जापान , युरोप अमेरिका ले चीन संगको Supply Chain तोडे संगै र आफ्नो कल- कारखाना चीन बाट अन्त सारे पछि चीनले आफ्नो सामान बेच्न नया बजार खोज्ने छ जसमा नेपाल लगायत अफ्रिकाको धेरै देशहरु पर्छन | र तेस्तो हुदा नेपालको उद्योग धरासायी हुनु भन्धा अगि नै सहि कदम लागु गर्न जरुरि छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *