दैलेखका तीन पालिकालाई प्रभु बैंकले दियो राहत
दैलेख । नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ।
बैंक दैलेख शाखाले चामल, दाल र नुन वितरण गरेको हो। बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए।
बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ। रासस
प्रतिक्रिया
Facebook Comment