लकडाउनको २९ औं दिन : सामान्य जनजीवन प्रभावित

काठमाडौं। कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ।
लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। अत्यावश्क काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन्। मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावस्यक सवारीसाधनहरु भने चलेको देखिन्छ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन्।
यस्तै सहरका भित्री सडकहरुमा अत्यावस्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ। सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन्।
चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्। सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ।
नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ । यस्तै अहिले सम्म ८ हजार ४ सय १४ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ।
Facebook Comment