कोरोनाभाइरसः चीनले अस्वीकार गर्यो डोनाल्ड ट्रम्पको माग
काठमाडौं। कोरोनाभाइरसको उत्तपत्ति र यसको प्रसारबारे जाँचको लागि अमेरिकी वैज्ञानिकको टिमलाई चीन जान अनुमति दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको माग चीनले अस्वीकार गरेको छ । ट्रम्पको टिप्पणीको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्त गेंग शुआंगले भने ‘सबै मानव जातिको लागि भाइरस आम दुश्मन हो । चीन दोषी होइन यसबाट पीडित हो । चीनले भाइरसको रोकथामको लागि पारदर्शी र जिम्मेवार तरिकाले कडा उपाय अपनायो ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै कोरोनाभाइरसका विषयमा आफू चीनसँग खुसी नभएको बताएका थिए । ट्रम्पले कोरोनाभाइरसलाई प्लेग भन्दै भनेका थिए ‘हामीले उनीहरुसँग धेरै पहिले कुरा गरेका थियौं ताकि उनहिरु बताउन् कि उनीहरुकहाँ के भइरहेको छ । हामी त्यहाँ जान चाहन्छौं । हामी यो हेर्न चाहन्छौं कि त्यहाँ के भइरहेको छ । म उनीहरुसँग व्यवसायिक सम्झौतापछि निकै खुसी थिएँ । त्यसपछि हामीले यो प्लेगबारे थाहा पायौं, त्यसपछि म खुसी छैन ।’
Facebook Comment