उदयपुरमा थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि

डिसी नेपाल
९ वैशाख २०७७ १६:३४

काठमाडौं । उदयपुरमा थप एकजनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित हुने उनी ३३ वर्षका पुरुष हुन् ।

उनीसँगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या ३२ पुगेकाे छ । ४ जना भने निकाे भएर घर फर्किसकेका छन् ।

हालसम्म नेपालमा २७ हजार ९ सय ५६ काे मात्र परीक्षण भएकाे पनि उनले जानकारी दिए । यस्तै, ७ हजार ६६ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ७ जना आइसाेलेसनमा रहेका छन् ।

आइसाेलेसनमा हुनेमा ६ जना काठमाडाैंमा रहेका छन् भने १ सय १ जना उपत्यका बाहीर रहेकाे प्रवक्ता डा.देवकाेटाले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *