सिरियाली विद्रोही बोकेका करिब ४० ट्रक टर्की पुगे

डिसी नेपाल
९ वैशाख २०७७ २१:०५

दमास्कस । सिरियाली विद्रोही बोकेका करिब ४० ट्रकहरू टर्कीको भूमिमा सोमबार पुगेका सिरियाली समाचार संस्था सानाले जनाएको छ । ती गाडीहरू सिरियाली विद्रोहीको प्रभाव रहेको हसाका प्रान्तको रस अल–आयन शहर नजिकैबाट टर्कीको सिमाना क्षेत्रमा पुगेका हुन् ।

टर्कीको समर्थन प्राप्त सिरियाली विद्रोहीलाई लिवियामा पठाउनका लागि सिरियाली विद्रोहीको प्रभाव क्षेत्र अफ्रिनमा भर्ना लिइएको र सोही काममा उनीहरूलाई टर्की हुँदै सिरिया पठाउन लागिएको हो । टर्कीले लिवियामा जाने सिरियाली लडाकूका लागि तीनदेखि छ महिनाका लागि दुई हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।

सानाले बताए अनुसार टर्कीको सेनाका लागि सैन्य तथा अन्य सामग्री बोकेर तीन वटा ट्रक उत्तरी सिरियामा पुगेका छन् । टर्कीले उत्तरी सिरियामा विद्रोही तथा सिरियाली सेनाको गतिविधिलाई अनुगमन गर्ने अन्तर्राष्ट्रिय समुदाय र रूससँग भएको सहमति अनुसार अनुगमन गर्ने जिम्मेवारी पूरा गरिरहेको छ ।

मङ्गलबार नै सिरियाली मानव अधिकारवादी संस्थाको युद्ध अनुगमनकारी निकायका अनुसार टर्कीको सहयोगप्राप्त करिब पाँच हजार ३०० सिरियाली विद्रोहीलाई संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त लिवियाली सरकारको पक्षमा लड्न लिविया पु¥याइएको हो ।

समूहका अनुसार करिब दुई हजार १०० सिरियाली विद्रोहीहरूले लिवियामा जानुपूर्व सैन्य तालिम लिइरहेका छन् । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाए अनुसार लिवियामा राष्ट्रसंघको समर्थन प्राप्त सरकारको पक्षमा लड्ने क्रममा १९९ जना सिरियाली विद्रोही लडाकूले ज्यान गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *