भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, एकैदिन ५३ को मृत्यु
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ जना संक्रमितको ज्यान गएको छ। भारतमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो ।
यस्तै मंगलबार मात्रै १ हजार ५ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा हालसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको कोरोना टेष्ट गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये ३ हजार ९ सय ३७ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको महामारीसँगै भारतमा २९ दिनदेखि लकडाउन जारी छ ।
यसैबीच कोरोनाको प्रभाव कम देखिएका ठाउँमा सामाजिक दूरी कायम गर्दै लकडाउन खुकुलो पाने भारत सरकारले जनाएको छ ।
Facebook Comment