डब्ल्यूएचओको चेतावनी–कोरोनाभाइरसको प्रकोप झन बढ्न सक्छ, लकडाउन जारी राख्न अपिल

डिसी नेपाल
१० वैशाख २०७७ ७:४२

जेनेभा। अमेरिका र चीनबीच आरोप प्रत्यारोप र अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्ने चेतावनीबीच विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस महामारीका विषयमा गम्भीर चेतावनी जारी गरेको छ।

संगठनका महानिर्देशक डा. टेड्रोस गीब्रियेससले कोराना भाइरसको सबैभन्दा खराब समय आउन बाँकी रहेको र अझै कोरोना भाइरस महामारीले यो भन्दा पनि धेरै उग्र रुप लिने चेतावनी दिएका हुन्।

उनको चेतावनीे पछाडि नयाँ डाटाको आधारमा आएको बताइएको छ। जसका अनुसार पूरै विश्वमा मात्र २ देखि ३ प्रतिशत जनसंख्यामा मात्रै यो भाइरसको इम्यूनिटी छ र विना भ्याक्सिनको अभावमा अवसथ दिनप्रतिदिन बिग्रिँदै गएको छ।

जेनेभामा संचारकर्मीसँग कुरा गर्दै उनले विश्वका देशलाई तत्काल लकडाउन हटाउने हतार नगर्न अपिल गरेका छन्। महानिर्देशक टेड्रोसले भने, ‘अहिले निकै खतरनाक अवस्था छ। अहिलेको अवस्था १९१८ को फ्यूको जस्तै बन्दै गइरहेको छ। जसमा पाँच करोड भन्दा धेरैको ज्यान गएको थियो। तर अहिले हामीसँग प्रविधि छ र यसको सहयोगबाट यो विपत्तिबाट पार पाउन सकिन्छ।’

टेड्रोसले भने, ‘हामीलाई विश्वास गर्नुस्। यो महामारी रोक्नलाई अगाडि बढ्नुस् किनभने यो यस्तो भाइरस हो जसलाई अहिले पनि मानिसहरुले बुझ्न सकेका छैनन्। हामीले पहिला देखि नै यो भाइरसको विरुद्धमा सबै मिलेर लड्नुको विकल्प नभएको चेतावनी दिँदै आएका छौं।’

अमेरिकासँग बिग्रिँदै गरेको सम्बन्धका विषयमा टेड्रोसले डब्ल्यूएसओमा कुनै रहस्य नहुने र कोरोना भाइरसका सम्बन्धमा पहिलो दिनदेखि नै अमेरिकासँग कुनै पनि कुरा नलुकाइएको बताए।

डब्ल्यूएचओको प्रविधि प्रमुख डा. मारिया वान केरखोभले संक्रमणको दर आफूहरुको अनुमान भन्दा धेरै हुने बताइन्। उनले अहिलेसम्म विश्वको जनसंख्याको दुई वा तीन प्रतिशतमा कोरोना भाइसरसँग लड्नका लागि एन्टीबडीज रहेको विभिन्न अध्ययनले देखाएको बताइन्।

डब्ल्यूएचओ यी व्यक्तिगत प्रयोगका लागि परीक्षणको स्थिति र तरिकाका विषयमा अध्ययन गर्ने र कुनै पनि तथ्याकं जारी गर्नु पहिला त्यसको जाँच गर्ने बताइन्।

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको आर्थिक सहायता एक हप्ता अगाडि रोक लगाइसकेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओले चीनमा फैलिएको कोभिड–१९ को गम्भीरतालाई लुकाएको आरोप लगाउँदै आएका छन्। उनले यदि संगठनले राम्रोसँग काम गरेको भए यो महामारी विश्वभर नफैलिने र मृत्युदर कम हुने अमेरिकाको तर्क छ।

त्यसपछि चीन र अमेरिकाबीच वाकयुद्ध चलेको छ। चीनले आफूमाथि लगाएको आरोप अस्वीकार गर्दै आएको छ। अमेरिकारले प्रत्येक वर्ष लब्ल्यूएचओलाई ४००–५०० मिलियन डलर आर्थिक सहयोग गर्छ। जबकि चीनको योगदान मात्र ४० मिलियन डलर मात्रै छ।

डा. टेड्रोस एक माइक्रोबायोजोलिस्ट हुन् र उनी इथियोपियका स्वास्थ्यमन्त्रीसमेत भइसकेका छन्। यद्यपी उनीमाथ चीनको प्रयासले यो सर्वोच्च पद प्राप्त भएको आरोप लाग्ने गरेको छ। उनले चीनका राष्ट्रपति सि जिनपिङको ‘राजनीतिक नेतृत्व’ कालागि प्रशंशा गरिसकेका छन्। यद्यपी उनले ट्रम्पको पनि राम्रो कामको प्रसंशा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *