बेलायतमा कोरोनाबाट अर्का नेपालीको मृत्यु, ज्यान गुमाउने नपालीको संख्या १८ पुग्यो

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।
आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो।
स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।
स्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। रासस
प्रतिक्रिया
Facebook Comment