अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्धको समयसीमा तोकियो, अवधि बढाइने सम्भावना कायमै
काठमाडौं। कोरोना महामारी र लकडाउनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने घोषणा छन् । यो प्रतिबन्ध ६० दिनसम्म लागू हुने राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित दैनिक प्रेस ब्रिफिङमा पहिलो चरणमा प्रतिबन्ध ६० दिनका लागि लागू हुने र त्यसपछि आर्थिक स्थितिको आधारमा यसको विस्तार वा संशोधनको आवश्यकताको मूल्यांकन गरिने बताए ।
ट्रम्पले बुधबार आप्रवासनलाई निलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्न सक्ने बताएका छन् । सोमबार ट्रम्पले आप्रवासनलाई अस्थायी रुपले प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । त्यतिबेला ६० दिनको समय अवधि तोकिएको थिएन । सोमबार ट्रम्पले आफ्नो देशका नागरिकका लागि रोजगारीको अवसर सुनिश्चित गर्नको लागि अन्य देशबाट रोजगारीका लागि आउनेहरुमाथि प्रतिबन्ध लगाउने बताएका थिए ।
Facebook Comment