कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन विरुद्ध मुद्दा !

डिसी नेपाल
१० वैशाख २०७७ ९:२९

काठमाडौं। अमेरिकाको मिसौरी राज्यले कोरोनाभाइरसका विषयमा चीन सरकारविरुद्ध एउटा मुद्दा दायर गरेको छ । यो मुद्दामा चीनका अधिकारीहरुलाई विश्वव्यापी महामारीको लागि दोषी ठहर गर्न माग गर्दै महामारीको सुरुवातमा बेइजिङले विश्व्लाई गलत जानकारी दिएको दावी गरिएको छ । यो मुद्दा मिसौरी राज्यका शीर्ष वकिलले संघीय अदालतमा दायर गरेका हुन् । अभियोग पत्रमा चिनियाँ अधिकारीहरु मिसौरीसहित विश्वमा कोरोनाभाइरसका कारण भएका मृत्यु र आर्थिक नोक्सानीको जिम्मेवार भएको आरोप लगाइएको छ ।

न्यूजविकका अनुसार रिपब्लिकन महान्यायाधिवक्ता एरिक समिटले एक लिखित बयानमा भने ‘चीन सरकारले कोभिड १९ को खतरा र संक्रमणको बारेमा विश्वसँग झुट बोल्यो र रोग फैलिनबाट रोक्नको लागि विश्वले धेरे केही गरेन ।’ उनले चीनलाई यी कार्यको लागि जवाफदेही ठहर गर्न माग गरेका छन् ।

क्यालिफोर्निया विश्व्विद्यालयको हेस्टिंग्स कलेजमा अन्तर्राष्ट्रिय कानुनका प्रोफेसर किमिने केटनरले अहिले यो मुद्दाको कुनै प्रभाव पर्छ वा पर्दैन भन्ने स्पष्ट नभएको बताए । उनका अनुसार अमेरिकी कानुनमा केही सीमित विषयबाहेक अन्य देशविरुद्ध मुद्दा लगाउन प्रतिबन्ध लगाइएको छ । मिसौरी राज्यका डेमोक्रेटिक पार्टीका कार्यकारी निर्देशक लरेन गेपफोर्डले भने यो मुद्दालाई प्रचारको नाटक भएको बताएका छन् । उनले यो सबै यस वर्ष हुने चुनावको लागि गरिएको दावी गरे ।

जोन्स हप्किन्सन युनिभर्सिटीको सेन्टर फरसिस्टम साइन्स एण्ड इन्जिनियरिङका अनुसार मिसौरीमा मंगलबार थप १६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । राज्यमा मृत्यु हुनेको कूल संख्या २१५ पुगेको छ । संक्रमितको संख्या ५९६३ पुगेको छ । पूरै अमेरिकामा संक्रमितको संख्याले ८ लाख नाघेको छ । मृत्यु हुनेको संख्याले ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा यहाँ २७०० भन्दा धेरैको मृत्यु भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *