डोनाल्ड ट्रम्पले किम जोंग उनलाई शुभकामना दिए
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनलाई शिघ्र स्वास्थ्यलाभको लागि शुभकामना दिएका छन् । किम जोंग उनको स्वास्थ्यमा समस्या आएको र उनले गम्भीर अवसरमा उपचार गराइरहेको खबरका बीच ट्रम्पले किमलाई शुत्रकामना दिएका हुन् ।
मंगलबार ह्वाइट हाउसमा आयोजित नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भने ‘उनको बारेमा यस्ता रिपोर्ट सार्वजनिक भएका छन् । हामीलाई सबै कुरा थाहा छैन । यद्यपि मेरो उनीसँग निकै राम्रो सम्बन्ध छ । म केवल यत्ति भन्न सक्छु कि म उनी ठिक होउन् भन्ने कामना गर्छु । यदि उनी रिपोर्टमा भनिएको जस्तै स्थितिमा छन् भने यो निकै गम्भीर स्थिति हो ।’
अमेरिकी गुप्तचर एजेन्सीले किम जोंग उनको हालै शल्यक्रिया गरिएको र उनी गम्भीर खतरामा रहेको बताएको थियो । किम जोंग उनलाई मुटुसम्बन्धी समस्या भएको र उनको मुटुको शल्यक्रिया शपरएको बताइएको थियो । १५ अप्रिलमा आफ्ना हजुरबुवाको जयन्तिमा किम उपस्थित नभएपछि उनी अस्वस्थ भएको आशंका गरिएको थियो ।
Facebook Comment