बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, १ सय १० को मृत्यु
काठमाडौँ । छिमेकी मुलकु बंगलादेशमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । विश्वभर महारमारीको रुप लिएको कोरोना भाइरसबाट बंगलादेशमा पछिल्लो २४ घण्टामा मात्रै ४३४ जना संक्रमित व्यक्ति फेला परको छन् ।
यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेकको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमितमध्ये १ सय १० जनाको उपचारका क्रममा ज्यान गएको छ भने ८७ जना संक्रमित उपचारपछि घर पर्किएका छन् ।
मंगलबार मात्रै बंगलादेशमा ९ जना संक्रमितको ज्यान गएको छ ।
बंगलादेशमा कोरोना महामारी नियन्त्रणमा लिनका लागि केही सातादेखि लकडाउन जारी छ ।
बंगलादेशमा हालसम्म २९ हजार ५ सय ७८ कोरोना परीक्षण गरिएको छ ।
Facebook Comment
प्रतिक्रिया
god bless bangladesh, brahma , bishnu , maheshworam.