ट्रम्पले ‘गेमचेन्जर’ भनेको औषधीलाई वैज्ञानिकले भने ‘घातक’, अध्ययनमा डरलाग्दो खुलासा

डिसी नेपाल
१० वैशाख २०७७ १०:४०

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच औलो अर्थात मलेरियाको उपचारमा प्रयोग हुने औषधी हाइड्रोक्सिक्लोरोक्विनले कोरोनाभाइरसको उपचारमा राम्रो प्रभाव पारेको बताइएको थियो । केही डाक्टरले यो औषधी प्रभावकारी देखिएको बताएपछि यसको प्रयोग बढेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र कोरोनाभाइरसको उपचारमा यो औषधी ‘गेमचेन्जर’ नै भएको दावी गर्दै मानिसहरुलाई यो औषधीको सेवन गर्न अपिलसमेत गरेका थिए । तर, वैज्ञानिकहरुले भने यो औषधी गेमचेन्र नभइ घातक भएको बताएका छन् ।

अमेरिकामै गरिएको नयाँ अध्ययनमा निकै डरलाग्दो खुलासा भएको छ । अनुसन्धानमा सामान्य तरिकाले उपचार गरिएका बिरामीको भन्दा हाइड्रोक्सिक्लोरोक्विन औषधीको प्रयोग गरिएका बिरामीहरुको मृत्यु धेरै भएको पाइएको समाचार एजेन्सी एपीको समाचारमा उल्लेख छ । अमेरिकाको नेशनल इन्ष्टिच्युट अफ हेल्थ (एनआइएन) र युनिभर्सिटी अफ भर्जिनियाको शोधकर्ताहरुले अनुसन्धानमा जुन बिरामीको उपचार सामान्य तरिकाले भइरहेको छ ती बिरामीको मृत्युको आशंका कम भएको तथ्य फेला परेका छन् । जबकि हाइड्रोक्सिक्लोरोक्विन औषधीको पैयोग गरिएका बिरामीको मृत्यु हुने सम्भावना उच्च रहेको पाइएको छ ।

यो अध्ययनमा स्पष्ट रुपमा भनिएको छ – हाइड्रोक्सिक्लोरोक्विन औषधीको प्रयोग गरिएका कोरोनाका बिरामीहरुमध्ये २८ प्रतिशत बिरामीको मृत्यु हुने गरेको पाइएको छ । जबकि सामान्य प्रक्रियाले उपचार गरिएका कोरोनाका बिरामीहरुमध्ये केवल ११ प्रतिशत बिरामीको मात्र मृत्यु हुने गरेको तथ्य अध्ययनका क्रममा भेटिएको छ । यो अध्ययनपछि सार्वजनिक गरिएको रिपोर्टमा प्रस्ट भनिएको छ – बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विन औषधी मात्र दिइएको अवस्था होस् वा यो औषधिसँग अर्को औषधि एजिथ्रोमाइसिन पनि दिइएको अवस्था होस्, दुवै अवस्थामा बिरामी निको हुने सम्भावना कम हुन्छ बरु बिरामीको हालत बिग्रिने र मर्ने सम्भावना धेरै हुन्छ ।

एनआइएच र युनिभर्सिटी अफ भर्जिनियाका वैज्ञानिकहरुको टिमले ३६८ कोरोना संक्रमित बिरामीको उपचार प्रक्रियाको अध्ययन गरेका थिए । यीमध्ये केही बिरामी उपचार सकेर घर फर्किसकेका थिए वा मरिसकेका थिए । यो जाँचमा खुलासा भएअनुसार ९७ प्रतिशत बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विन दिइएको थियो । ११३ बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विनको साथमा एजिथ्रोमाइसिन पनि दिइयो । १५८ बिरामीको उपचार भने सामान्य तरिकाबाट गरिएको थियो र उनहिरुलाई हाइडेक्सिक्लोरोक्विन दिइएको थिएन ।

जुन ९७ जना बिरामीलाई हाइडेक्सिक्लोरोक्विन दिइएको थियो, उनहिरुमध्ये २७.८ प्रतिशतको मृत्यु भयो । जुन ११३ बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विनको साथमा एजिथ्रोमाइसिन दिइएको थियो उनीहरुमध्ये २२.१ प्रतिशत बिरामीको मृत्यु भयो । तर, जुन १५८ जना बिरामीलाई हाइडेक्सिक्लोरोक्विन औषधी दिइएको थिएन ती बिरामीहरुमध्ये केवल ११.४ प्रतिशत बिरामीको मात्र मृत्यु भएको पाइयो ।

हाइड्रोक्सिक्लोरोक्विनका पक्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जति वकालत गरेका थिए यो औषधी त्यो तहमा प्रभावकारी नभएको यो अध्ययनपछि प्रस्ट भएको छ । अमेरिकी डाक्टरहरुले यो औषधीको प्रयोग गर्न छाडेका छन् भने ब्राजिलमा पनि डाक्टरहरुले बिरामीमा यो औषधी प्रयोग गर्न अस्वीकार गरेका छन् । ब्राजिलका डाक्टरहरुले यो औषधिले बिरामीमा मुटु र सास फेर्ने समस्या बढाउने गरेको बताएका छन् । यदि बिरामी पहिलेदेखि मुटु वा सास सम्बन्धी रोगीभए यो औषधीले झनै ठूलो समस्या ल्याउने डाक्टरहरुले बताएका छन् ।

अमेरिकामा एनआइएचले डाक्टरहरुको लागि हाइड्रोक्सिक्लोरोक्विन र एजिथ्रोमाइसिन प्रयोगका विषयमा नयाँ गाइडलाइन जारी गरेको छ । गाइडलाइनमा कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग नगर्न भनिएको छ । न्यूयोर्क टाइम्सका अनुसार यदि हाइड्रोक्सिक्लोरोक्विनले कोरोनाको उपचारको लागि अनुमति पाएमा यो औषधी उत्पादकलाई ठूलो फाइदा हुने उल्लेख गरिएको छ ।

रिपोर्टमा यो औषधी बनाउने एक कम्पनीमा डोनाल्ड ट्रम्पको लगानी भएको खुलासा गरिएको छ । साथमा त्यो कम्पनीका ठूला अधिकारीसँग ट्रम्पको नजिकको सम्बन्ध भएको समेत रिपोर्टमा दावी गरिएको छ । रिपोर्टमा भनिएको छ – ट्रम्पलाई फ्रान्सको औषधी कम्पनी सेनोफीबाट व्यक्तिगत फाइदा हुन्छ । यो कम्पनमिा ट्रम्पको शेयर पनि छ । यो कम्पनी हाइड्रोक्सिक्लोरोक्विनलाई प्लाकेनिल ब्राण्ड नामबाट बजारमा बेच्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *