कोरोनाभाइरसको नमूना लिन गएका विश्व स्वास्थ्य संगठनका कर्मचारीको गोली हानी हत्या

डिसी नेपाल
१० वैशाख २०७७ १२:२१

याङ्गुन। म्यानमारमा कोरोनाभाइरसको नमूना लिन गएका विश्व स्वास्थ्य संगठनका एक कर्मचारीको गोली हानी हत्या गरिएको छ । संघर्षग्रस्त क्षेत्रमा नमूना लिन पुगेका सवारी चालकको हत्या भएको हो । उनको नाम पाइने सोन विन माउंग थियो । उनी त्यहाँ संयुक्त राष्ट्रसंघको गाडी चलाउँथे । उनलाई म्यानमारको राखिन राज्यमा गोली हानी मारिएको हो ।

सेना र सशस्त्र जातीय समूह अराकान दुवैले यी ड्राइभरको हत्यामा एक अर्कामाथी दोष थोपरेका छन् । म्यानमारका सैन्य प्रवक्ता मेजर जनरल तुन न्यीले आफ्ना सैनिकसँग गाडीमा आक्रमण गर्ने कुनै कारण नभएको दावी गरेका छन् । उनले रोयटर्ससँग भने ‘उनी हामे लागि काम गरिरहेका थिए, हाम्रो देशको लागि काम गरिरहेका थिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *