पाकिस्तानी प्रधानमन्त्रीलाई हातैमा चेक दिएका व्यक्ति कोरोनाभाइरस संक्रमित पाइएपछि…

डिसी नेपाल
१० वैशाख २०७७ १४:५१

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हातैमा चेक दिएका व्यक्ति कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएपछि प्रधानमन्त्री इमरानको पनि कोरोनाभाइरस परीक्षण गरिएको छ । परीक्षणको नतिजा आज बेलुकासम्म आउने अपेक्षा गरिएको छ । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानमा कोरोनाभाइरसको सम्पर्कमा आएका हरेक व्यक्तिको परीक्षण गर्ने नियमअनुसार प्रधानमन्त्रीको परीक्षण गरिएको हो ।

कोभिड १९ का विषयमा प्रधानमन्त्रीका फोकल पर्सन डा. फैजल सुल्तानका अनुसार प्रधानमन्त्रीले समाजसेवी फैजल इदीसँग भेटेका थिए र इदीले इमरानलाई एक करोडको चेक दिएका थिए । लगत्तै इदीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । इदी फाउण्डेशनका प्रमुख फैजल इदीले सडकबाटै यात्रा गर्दै इस्लामाबाद पुगेर प्रधानमन्त्री इमरानलाई चेक हस्तान्तरण गरेका थिए ।

पाकिस्तानको नेशनल इन्ष्टिच्युट अफ हेल्थका एक अधिकारीका अनुसार कुनै पनि संक्रमितसँग कोठामा १५ मिनेटसम्म साथमा रहेका वा कुनै संक्रमितसँग ६ फिटभन्दा नजिक रहेका व्यक्तिलाई शंकास्पद मानेर परीक्षण गर्ने नियाम छ । प्रधानमन्त्री र इदीको दूरी ६ फिटभन्दा कम रहेको र इदीले प्रधानमन्त्रीलाई हातैमा चेक दिएकोले चेकबाट समेत संक्रमण सर्न सक्ने भएकोले प्रधानमन्त्रीको परीक्षण गर्न लागिएको हो । ती अधिकारीका अनुसार केही समयअघि इदीका एक सहकर्मी कोरोना संक्रमित पाइएका थिए । त्यसपछि इदी इस्लामाबाद आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *