युरोपमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

डिसी नेपाल
१० वैशाख २०७७ १७:५३

पेरिस । कोभिड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।

नेपाली समयानुसार बुधबार अपराह्न ३ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *