एन्फाद्वारा विदेशी खेलाडीलाई राहत वितरण

डिसी नेपाल
१० वैशाख २०७७ १९:३६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबल खेल्दै आएका विदेशी खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको महामारीबाट घरेलु फुटबल अवरुद्ध बनेपछि बेरोजगार बनेका २८ विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले दैनिक उपभोग्य बस्तु वितरण गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको दौरान विभिन्न क्लबबाट खेल्दै आएका खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरिएको एन्फाले जनाएको छ । करिब पछिल्लो एक महिनादेखि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरको जनजिवन प्रभावित बनेको छ । सोही अवस्थामा आर्थिक संकट ब्यहोरेका विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले राहत दिएको हो ।

एन्फाले आफ्नै साधनमा राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा पुगेर खेलाडीलाई राहत वितरण गरेको जनाएको छ । एन्फाले यसअघिनै आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई कोरानाबिरुद्धको अभियानमा प्रयोग गर्न दिईसकेको छ । यस्तै, एन्फाले प्रदेश २ को रौतहटमा रहेको महिला फुटबल एकेडेमी सरकारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *