दानीलाई हानी हुँदैन, नुवाकोटमा राहात बाँड्दै नेता केसी

डिसी नेपाल
११ वैशाख २०७७ ७:५६

काठमाडौँ । नेपाली कांग्रेस नुवाकोट जिल्लाका सभापति जगदीश नरसिंह केसीले नुवाकोटमा रहेका गाउँले किसान तथा विकट ठाउँमा जनतालाई अहिले कोरोना जस्तो महामारी वाट वँच्न गाउँ मा दुर्लभ रहेको माक्स वितरण गरेका छन्।

उनकै माध्यमवाट नुवाकोट जिल्लाका व्यवसायिक कृषिमा संलग्न किसान र वृद्धवृद्धाका लागि नेपाली कांग्रेसले मास्क वितरण गरेको हो । जिल्लाका सबै १२ वटा गाउँरनगर पालिकाका पार्टीका सभापतिमार्फत प्रत्येक वडामा मास्क वितरण गरिएको हो।

नेता केसी भन्छन् “पार्टीका तर्फबाट मैले बैसाख ९ गते मङ्गलबार गाउँरनगर सभापतिलाई मास्क हस्तान्तरण गरेको छु । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्ट लाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिने छ।

संख्या थोरै भएकाले आवश्यकताको वर्गीकरण गरी अति आवश्यक परेकाहरूलाई वितरण गर्न साथीहरूसँग आग्रह गरिएको छ । पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने कुरा जानकारी दिएको छ।”

तेस्तै गरी “यसोदादेबि भगवानसिंह केसी मेमोरियल ट्रस्टको सभापति डाक्टर केदार नरसिंह केसी र सो ट्रस्टको माहासचिव जगदिस्वर नरसिंह केसीले नुवाकोट सबै एम्बुलेस चालक १९ जनालाई पीपीई प्रदान गरेका छन्।

त्यसरीनै रसुवा जिल्ला को कालिका गाउँपालिका र लहरेपौव गाउपालिकालाई ५र५ पीपीई बितरण गरेको छ।” उक्त कुरा ट्रस्टको सभापति डाक्टर केसीले जानकारी दिए ।

यसरी धेरै पटक आफ्नो जिल्लामा परेको परेको वेलामा केसी परिवारले नुवाकोट वासीलाई केहि न केहि रूपमा सहयोगको हात बढाई रहेका छन् ।

अहिले कोरोनाको संक्रमणको अवस्थामा माक्स लगायत यी सामग्रीहरू जता ततै सटेज भएको वेलामा गाउँका सर्वसाधारण व्यक्तिहरूले यस्तो सामाग्रि पाउनु भनेको महत्वपूर्ण कुरा हो। केसी परिवारको सहयोगी हातको जति चर्चा गरे पनि कमै हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *