कोरोनाभाइरसको भ्याक्सिनबाट केवल एक कदम टाढा छन् वैज्ञानिक
काठमाडौं। कोरोनाभाइरसको प्रकोपका बीच निराशाको समय सकिएर अब आशाको किरण देखिन थालेको छ । विश्व अहिलेसम्म कोरोनाभाइरसको महामारी कहिले रोकिन्छ भन्नेमा अनिश्चित छ तर बेलायतका वैज्ञानिकहरुले विश्वभरका मानिसहरुमा आशा जगाएका छन् । कोरोनाभाइरसलाई पूर्ण रुपमा नष्ट गर्ने दावी गरिएको भ्याक्सिनको अर्को चरण अर्थात ह्युमन ट्रायल आजबाट सुरु हुँदैछ । वैज्ञानिकहरुका अनुसार सुपर भ्याक्सिन लगभग तयार भइसकेको छ ।
भ्याक्सिनको विकासमा यो चमत्कारिक नतिजा हासिल गर्ने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक हुन् । भ्याक्सिनको परीक्षणमा सबैभन्दा अहम खुड्किलो मानवमा परीक्षण हो । यसपछि मात्र कुनै पनि भ्याक्सिनको प्रभावकारिता तय हुन्छ । कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको भ्याक्सिनलाई चाडोक्स १ नाम दिइएको छ । जानकारीका अनुसार यसको परीक्षण ५१० जना स्वयंसेवीमा गर्न सुरु भएको छ ।
दोस्रो चरणमा ज्येष्ठ नागरिकहरुमाथि यसको प्रयोग गरिनेछ । तेस्रो चरणमा ५ हजार स्वयंसेवकमा यसको असर हेरिनेछ । यसमा सफलता प्राप्त भएमा सेप्टेम्बरसम्म १० लाख भ्याक्सिन बजारमा प्रयोगका लागि ल्याइनेछ । अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर साराह गिलबर्टका अनुसार उनको टिमले अन्जान रोगहरुको विषयमा काम गरिरहेको थियो । उनीहरुले यसको नाम डिजिज एक्स नाम दिएका थिए ताकि भविष्यमा कुनै महामारी फैलिएका त्यससँग लड्न सकियोस् ।
यो प्रविधिलाई अन्य विभिन्न रोगहरुमा प्रयोग गरिसकिएको छ । गिल्बर्टको टिमले अन्य रोगहरुमा १२ क्लिनिकल ट्रायल गरिसकेको छ । यसबाट राम्रो प्रतिक्रिया आएको छ । यसको एउटै डोजबाट इम्युनिटीमा धेरै सुधार हुन सक्छ । अहिलेसम्म कोरोनाभाइरसको भ्याक्सिन बनाउन १२ देखि १८ महिनाको समय लाग्ने मानिएको थियो । तर, यो अभियानमा बेलायत बाजी मार्ने तयारीमा छन् । यो भ्याक्सिन विकासकर्ताहरुलाई यतिसम्म विश्वास छ कि परीक्षणका साथसाथै यसको उत्पादन समेत सुरु गरिसकेका छन् ।
Facebook Comment