‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्याे’
काठमाडौं। जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगमा दल दर्ता गरेपत्रि पत्रकारसँग कुरा गर्दै नेता यादवले पार्टी प्रति असन्तुष्टि जानाएको भनिएका इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको र पार्टीको काम प्रति कुनै असन्तुष्टि नरहेको विज्ञप्ति निकालिसकेको बताए। उनले नयाँ पार्टीको पदाधिकारी गठन गर्ने कार्य समेत छिटै टुंगिने बताए ।
अर्का नेता राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताए। उनले विगत एक वर्ष देखिको प्रकृयालाई टुङ्गोमा पुर्याएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सीको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यसबाट जोगाउन आफूहरु सफल भएको बताए।
उनले दुई पार्टीबीच एकीकृत भइरहेको अवस्थामा प्रधानमन्त्रीले पार्टी फुटाउने कोशिश गरेको तर सफल नभएको बताए। उनले सरकारले नै लकतन्त्रमाथि आक्रमण गरेको बताए।
लोकतन्त्र विरोधी, तानासाही र एकदलीय तानासाहलाई निरंकुशता लाद्ने गरी अध्यादेश ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिए। उनले देशमा समृद्धि, सुशासन, अधिकार र पहिचान चाहने हिमाल पहाड तराई र मधेसका जनता मिलेर राष्ट्रिय शक्तिको निर्माण गर्ने अभियानमा लागेको र त्यसको अभियान सुरु भइसकेको बताए।
उनले कसैको दबावमा नभए जनताको इच्छा अनुसार पार्टी एकीकरण भएको दाबी गरे। राजपा र समाजवादी पार्टीबीच बुधबार राति एकीकरण भएको थियो। नयाँ गठन भएको पार्टी जनता समाजवादी दलले दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ।
Facebook Comment