जापानमा ठूलो विनाशको प्रक्षेपण, ९ रेक्टरको भूकम्पपछि ९८ फिट अग्लो सुनामीको चेतावनी

डिसी नेपाल
११ वैशाख २०७७ १४:५७

टोक्यो। जापान सरकारको एक प्यानलले देशले एक पटक फेरि भयानक सुनामीको सामना गर्नुपर्ने चेतावनी दिएको छ । यस पटकको सुनामीमा पानीका लहर ३० मिटर अर्थात ९८ फिट माथिसम्म उठ्ने अनुमान गरिएको छ । एउटा ठूलो भूकम्पपछि यो सुनामी आउने चेतावनी दिइएको छ । भूकम्पको तीब्रता ९ रेक्टर स्केलको हुन सक्ने बताइएको छ । भूकम्प र सुनामीका विशेषज्ञका अनुसार भूकम्प प्रशान्त महासागरको तल पृथ्वीको प्लेटोमा कुनै पनि बेला आउन सक्छ ।

जापानको होक्काइदो र इवाते परफेक्टर सुनामीको चपेटामा आउन सक्ने बताइएको छ । जापानको टोक्यो इलेक्ट्रिक पावर को (टेप्को)ले यस्तो चेतावनी दिएको हो । यो सुनामीको प्रभाव फुकुशिमा न्यूक्लियर स्टेशनमा पनि पर्ने चेतावनी दिइएको छ । ९ वर्ष पहिले पनि भयानक सुनामीका कारण यो क्षेत्रमा ठूलो षति भएको थियो । जापानको सरकारी प्यानलका अनुसार महाभूकम्प जापान र कुरिल ट्रेन्चको उत्तरी भागमा आउने आशंका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *