पहिल्यै निर्धारण भइसकेको छ किम जोंग उनको उत्तराधिकारीको भूमिका
काठमाडौं। उत्तर कोरियाली नेता किम जोंग उनको स्वास्थ्यस्थिति गम्भीर भएको समाचार बाहिरिएसँगै यदि उनलाई केही भइहाल्यो भने देशको नेतृत्व कसले गर्ने भन्ने प्रश्न पनि अहिले चर्चामा छ । हुन त अहिलेसम्म किमको स्वास्थ्यबारे कुनै पुष्ट खबर आएको छैन । यद्यपि उनलाई केही भइहालदेको अवस्थामा उनको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ यसअघि नै निर्धारण भइसकेको छ ।
यदि किम जोंग उनलाई केही भइहालेको अवस्थामा देशको नेतृत्व उनकी बहिनी किम यो जोंगले गर्ने लगभग निश्चित जस्तै छ । उनी पार्टीमा पनि किमपछि दोस्रो तहकी नेता हुन् र किमको निकै नजिक रहेर काम गर्छिन् । किम स्वयंले उनलाई कार्यभार सुपिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंग उनको भेटवाताृका बेला पनि किम यो जोंग साथमै थिइन् । ओलम्पिकमा पनि उनले उत्तरु कोरियाली टिमको नेतृत्व गरेकी थिइन् ।
दक्षिण कोरियाका राष्ट्रपतिसँगको बैठकमा पनि मिक यो जोंग सहभागी थिइन् । यतोमा यदि किमलाई केही भएमा देशको नेतृत्वको लागि उनकी बहिनी सबैभन्दा अगाडि छिन् । यसपछि किमकी पत्नी री सोल जूको नाम आउँछ । तर, री राजनैतिक विषयमा रीको भूमिका त्यति देखिएको छैन । यसका अलावा री किमसँग चीनको भ्रमणमा गएकी थिइन् । अन्य कुनै कुटनैतिक कार्यक्रममा भने री सहभागी भएकी छैनन् ।
Facebook Comment