आईसिसि बैठक : महत्वपूर्ण बुँदाहरूमा छलफल
![आईसिसि बैठक : महत्वपूर्ण बुँदाहरूमा छलफल](https://www.dcnepal.com/wp-content/uploads/2020/04/icc.jpg)
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले भिडियो कन्फ्रेन्स मार्फत सिईसि बैठक गरेको छ। बैठकमा कोरोना भाइरसका कारण प्रभावित क्रिकेट कार्यक्रमहरू बारे छलफल गरिएको थियो। यो संगै आईसिसिले २०२३ सम्म तय गरिएको तालिकाहरु परिवर्तन गर्ने निर्णय गरेको छ। यद्यपि सिईसि बैठकमा वर्ल्ड टेस्ट च्याम्पियनशिप र वर्ल्ड कप छनौट खेलको बारेमा कुनै निर्णय लिईएको छैन। आईसिसि बैठकमा केहि महत्वपूर्ण बुँदाहरूबारे छलफल गरिएको छ जो निम्न रहेको छ ।
– आईसिसि मेडिकल कमिटीका अनुसार अहिले परिस्थिति एकदम छिटो परिवर्तन भइरहेको छ र चारैतिर खतरा बढ्दैछ। कोविड १९ को बारेमा
अझै धेरै जान्न बुझ्न बाँकी छ र त्यसकारण अहिले तत्काल कुनैपनी निर्णय लिन गाह्रो छ।
– आईसिसिले अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट पुनः प्रचारप्रसार गर्न नयाँ रोडम्याप सिर्जना गर्नेछ। केही निर्णय चेक लिस्टमा पनी तयार हुनेछ। यसमा
खेलाडीहरूले के गर्नुपर्दछ ? सबै देशहरूको सरकारले नियमहरू बनाएको छ त्यो पनि विचार गरिनेछ। यसपछि एक सल्लाहकार कमिटी
तयार हुनेछ, जसले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने सम्बन्धित देशहरूलाई दिइनेछ।
– आईसिसि मेडिकल कमिटीले भनेको छ कि अहिलेको समयमा क्रिकेट सुरू गर्नु धेरै गाह्रो काम हो। विशेष गरी, ग्लोबल ईभेन्टहरु हुन्
जहाँ थुप्रै देशका खेलाडीहरू खेल्ने छन्, सो खेल धेरै शहरहरूमा खेलाइनेछ, अर्थात उनीहरुको इशारा टी ट्वान्टी विश्वकपतिर पनी रहेको छ ।
– यद्यपि क्रिकेट अस्ट्रेलियाका सिईओ केविन रोबर्ट्सले भनेका छन् कि क्रिकेट बोर्डको तर्फबाट आईसिसि र अष्ट्रेलिया सरकारसँग सम्पर्क
कायम राखिएको छ। क्रिकेट अष्ट्रेलिया आशा गर्दछ कि सही निर्णयहरू ठीक समयमा लिइनेछ ताकि अक्टुवर र नोभेम्बरमा नै २०–२० विश्वकप
आयोजना गर्न सकिन्छ।
– दुई दिन अघि केविन रोबर्ट्सले भनेका थिए कि २०–२० विश्वकप आयोजना गर्न १०० प्रतिशत प्रयास गरिनेछ। यद्यपि उनले एकै
साथ यो पनी भने कि क्रिकेट अष्ट्रेलियाले कसैको पनि स्वास्थ्यको बारेमा कुनै जोखिम लिने छैन।
– बिहीबार सिमित ओभर क्रिकेटको बारेमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चले भनेका थियो कि २०–२० विश्वकप जनवरीको अन्त्यसम्म अर्थात ३
महिना पछि सुरु हुन सक्छ।
Facebook Comment