च्याम्पियन्स लिग र युरोपा लिग अगस्टमा हुने संभावना

डिसी नेपाल
१२ वैशाख २०७७ १३:२६

काठमाडौं । च्याम्पियन्स लिग र युरोपा लिग आउँदो अगस्टमा हुने संभावना बढेको छ । तर यसबारेमा अझै थप छलफल गरिने भएको छ ।

युनियन अफ युरोपियन फुटबल एशोसिएसन युइएफएले युइएफएमा आवद्ध ५५ वटा संस्थाहरुलाइ प्रतियोगिता आउदो जुन, जुलाइ र अगष्ट गर्न सकिने संभावना रहेको जनाउदै फाइनल प्रतियोगिता अगष्टमा हुन सक्ने संकेत गरेको हो ।

युईएफएको आन्तरिक तयारी अनुसार युरोपका धेरै घरेलु प्रतियोगिताहरु जुलाई अन्तिमसम्म सक्ने तयारी छ । त्यसपछि युरोपेली फुटबल प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिएको छ ।

युइएफएका अनुसार अगष्ट ११ देखि २२ सम्म च्याम्पिन्स लिग र युरोपा लिगको क्वार्टरफाईनल र सेमिफाईनलको खेल गर्न सकिनेछ । युईएफएले छलफल जारी राखेपनि प्रतियोगिताको तालिका बनाउन अझै गृहकार्य जारी राखेको छ ।(




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *