विश्वमा खेल गतिविधि शुन्य हुदा, ताजकिस्तानमा भने फुटबल लिग जारी
![विश्वमा खेल गतिविधि शुन्य हुदा, ताजकिस्तानमा भने फुटबल लिग जारी](https://www.dcnepal.com/wp-content/uploads/2020/04/75905_TJK200404footballcoronavirusreuters_1586062372719.jpg)
काठमाडौं । विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विश्वका अधिकांश देशमा खेलकुद गतिविधी ठप्प रहेका छन् । तर कोरोना भाइरसको संक्रमण न्युन रहेको ताजिकिस्तानमा भने खेलकुद गतिविधी जारी नै रहेको छ । ताजिकिस्तानको घरेलु फुटबल सुपर कप लिग गत हप्ताबाट सुरु भएको छ ।
करिब ९० लाख जनसंख्या भएको ताजकिस्तानमा अहिले सम्म कोरोना संक्रमित १ जाना ब्यक्ति पनी भेटिएका छैनन ।
ताजिकिस्तानको लिग फुटबल अन्तर्गत भएको पछिल्लो खेलमा इस्तिक्वोल दुसान्वी र खातलोनले २–२ गोलको बरावरी खेली अंक बाडेका छन् । यो बरावरी पछी दुसान्वीले दोस्रो स्थानमा रहेको खातलोन भन्दा ७ अंकको अग्रता लिएको छ ।
प्रतिक्रिया
Facebook Comment