बङलादेशका पूर्व क्रिकेटर आईसिसिको शंखाको घेरामा
काठमाडौं । बङलादेशका पूर्व क्रिकेटर तथा महिला टी २० विश्वकप र केही श्रृंखलाका लागि बंगलादेश महिला क्रिकेट टीमको व्यवस्थापक बनेका जावेद उमर आईसिसि को शंखाको घेरामा परेका छन । टोलीको बारेमा महत्वपूर्ण जानकारीहरु लिक गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले जावेदलाई संखाको घेरामा राखेको हो ।
नाम न बताउने सर्तमा बङलादेश क्रिकेट बोर्डका एक वरिष्ठ अधिकारीले भने ः आईसिसिले हामीलाई भविष्यमा हुने प्रतियोगितामा जावेद उमर लाई टोलीमा नराख्न सूचित गरेको छ। यो हाम्रो लागि धेरैनै निराशाजनक कुरा हो ।
उमरका गतिविधिहरू आईसिसिका अधिकारीहरूको निरन्तर छानबिनमा थियो । उनी विरुद्ध पर्याप्त प्रमाण संकलन गरिसकेपछि आईसिसिले बिसिबिलाई उमरलाई हटाउन आग्रह गरेको छ। बङलादेशका पूर्व ओपनर जावेद उमरले ४० टेस्ट र ५९ एकदिवसीय खेल खेलेका छन्।
Facebook Comment