यो साता निकै राम्रो छ यी ७ राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

डिसी नेपाल
१३ वैशाख २०७७ ८:०७

आज बैशाख १३ गतेदेति १९ गतेसम्मको साप्ताहिक राशिफल

मेष

करियर बनाउन दैनिकीमा परिवर्तनको जरुरत पर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफ्नो कल्याण हुनेछ ।

वृष

आधुनिक मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । समसामयिक अवस्थाअनुरूप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिँदा समस्यामा परिएला ।

मिथुन

शारीरिक कमजोरी तथा आलश्यता महसुस हुनसक्छ । विपरीत लिंगीसँगको खटपटमा मलम लगाउन नयाँ रणनीतिको जरुरत पर्नेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका आइलाग्न सक्छ ।

कर्कट

नजिकबाट घुलमिल हुन चाहनेसँग सामाजिक दूरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । विगतदेखि रोकिएका कार्य सम्पन्न गर्दा आफ्नै हित हुनेछ ।

सिंह

आफ्नो दृढताले पराजय सामना गर्नुपर्ने छैन । कार्य क्षमतामा स–साना त्रुटिहरूले मर्यादामा आँच पुर्‍याउन सक्छन् । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु नै उत्तम हुनेछ ।

पुरुषार्थद्वारा गरिएका सेवाले उचाइमा पुर्‍याउनेछ । इष्ट–मित्रबाट प्राप्त सुझाबले भलाई गर्नेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

तुला

आफ्नो योजना परिणाममुखी बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछ । परिस्थिति अनुरूप चल्न नसक्दा प्राप्त अवसर अन्यत्र जान सक्छ ।

वृश्चिक

अध्यात्मिक चिन्तन योग तथा ध्यानले दुभर्नवनाहरू समाप्ति हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ । श्रव्यदृश्यका मनोरञ्जन सामग्री प्रयोग गर्दा शारीरिक थकान कम गराउनेछ ।

धनु

आफ्ना कमजोरी प्रतिगुनासो बढ्न सक्छ । अभिभावकसँग विचार नमिल्दा सामान्य खटपट हुनसक्छ । योग, ध्यान तथा भ्रमण गर्न सके तनावलाई कम गर्न सहयोग पुर्‍याउनेछ ।

मकर

स्वदेशमै कृषि क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । सोचेका योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन् । रात्रिको मौसममा अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।

कुम्भ

विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ । झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । परिस्थितिलाई बेवास्ता गर्नाले व्यावहारिक झमेला आइलाग्न सक्छ ।

मीन

आफ्नो कमजोरीबाट फाइदा उठाउनेहरू सल्बलाउन सक्छन् । संयमता अपनाउनु होला । आर्थिक प्रलोभन देखाउनेहरूबाट टाढा रहँदा नै आफ्नो तथा पारिवारिक प्रतिष्ठा उचाइमा पुग्नेछ ।

पूरा साप्ताहिक राशिफल भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *