आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

डिसी नेपाल
१३ वैशाख २०७७ १२:४८

काठमाडौं । आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आजकै दिन विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको फोटो समाचार प्रकाशित भएको थियो । सोही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रिकामा प्रकाशन भएको दिनको संझनामा राष्ट्रिय फोटो पत्रकार दिवसका रुपमा मनाइँदै आइरहेको छ ।

यस दिनलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपालले प्रत्येक वर्ष फोटो पत्रकारिता दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । नेपालका फोटो पत्रकारहरुलाई संगठित गरी एकतावद्ध गराउने उद्देश्यले २३ वर्ष अघि स्थापित यो संस्था नेपालको पहिलो फोटो पत्रकारहरुको एकमात्र आधिकारीक संस्था हो ।

यस संस्थाले राष्ट्रिय फोटो पत्रकारिता दिवसको दिन विभिन्न कार्यक्रमहरु गर्दै मनाउदै आएको छ । विगतका वर्षहरुमा यस दिवसको दिन भव्य कार्यक्रमका बीच राष्ट्रिय फोटो पत्रकारिता अवार्ड प्रदान, प्रभात फेरी, फोटो पत्रकारिताका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु हुदै आएको छ ।

तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सार्वजनिक कार्यक्रम
नगर्ने राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) एक बिज्ञप्ती मार्फत जनाएको छ । अहिलेको आवश्यकता भनेकै सामाजिक दुरी कायम गरी यो महामारीलाई परास्त गर्नु नै हो भन्ने कुरालाई महसुस गरी सार्वजनिक कार्यक्रमहरु आयोजना नगरिएको बिज्ञप्तीमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *