लकडाउन अझै १५ दिन थप्ने तयारी, केही क्षेत्रमा खुकुलो पारिने

डिसी नेपाल
१३ वैशाख २०७७ १४:१७

काठमाडौं। लकडाउनलाई अझै १५ दिनसम्म थप गरी बैशाख महिनाभरी कायम गर्ने तयारी गरिएको छ । यस विषयमा निर्णय गर्नको लागि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । यो बैठकले केही अत्यावश्यक क्षेत्रमा खुकुलो पार्दै अझै १ २ हप्तासम्म लकडाउन थप गर्नको लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी भइरहेको छ ।

बिहान ११ बजेको लागि बोलाइएको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहदरबारमा जारी बैठकमा कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने बताइएको छ । समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो ।

विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्योगहरुलाई भौतिक दूरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ । पछिल्लो पटक थपिएको लकडाउनको समय सोमवार राति १२ बजेबाट सकिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *