श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
डोटी । शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएको छ ।
राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमान्लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।
टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घटना भएको दिन शुक्रबार एउटै कोठामा दमार्इँ दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment