सहिद पिताको निधन

डिसी नेपाल
१३ वैशाख २०७७ १७:०१

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका सहिद खगेन्द्र दाहालका पिता डिल्लीराम दाहालको ८९ वर्षको उमेरमा सहिद गङ्गालाल हृदयरोग अस्पताल, बाँसबारीमा उपचारका क्रममा शनिबार निधन भएको छ । उनि क्यान्सर रोगबाट पीडित थिए । उनका पत्नी,दुई छोरा र तीन छोरी छन् ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन वरुणेश्वर–१ (हाल मोलुङ गापा–२) बाट खगेन्द्र दाहाल प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा दलविहीन पञ्चायती व्यवस्थाको विरोधका क्रममा जेल परेका थिए । विसं २०३१ असोज १३ गते जेल सार्ने निहुँमा पञ्चायती शासनले उनको बर्वरतपूर्ण हत्या गरेको थियो । वरुणेश्वर सहिद भूमिका रुपमा परिचित रहेको छ ।

मृतक डिल्लीराम दाहालको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारजनले जनाएका छन् । उनका माइला छोरा फणीन्द्र दाहालले स्वर्गीय डिल्लीरामको पार्थिव शरिरमा दागबत्ती दिएका थिए । उनलाई ओखलढुङ्गा जिल्लाका पूर्वमन्त्री, विभिन्न पार्टीका नेता ,प्रतिनिधिसभा सदस्य तथा आफन्तजनले अन्तिम श्रद्धाञ्जली दिएको प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *