परिवार दलद्वारा १ सय क्वीन्टल चामल राहका लागि सहयोग गर्ने निर्णय
काठमाडौं । नेपाल परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १ सय क्वीन्टल चामल सहयोग गर्ने भएको छ । दलको वैशाख १२ गते बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । महामारीको कारण सृजित लामो लाकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए । बैठकले महामारीको कारण सामाजिक अस्थिरता , बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत बनाउदै तुरुन्त कोभिड १९ पिडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग समेत गरेको छ ।
त्यसैगरी बैठकले केहि समय अघि तत्कालिन नेपाल संघिय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी (तारकेश्वर नगरपालिका–२, काठमाडौँ) र श्रीमति बुद्धिमाया पुन (रुपन्देही उप–महानगरपालिका–१५, बुटवल)लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको छ ।
बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न ूसूचना प्रबिधि विभागू गठन गर्ने निर्णय पनि गरेको छ ।
राजनैतिक दलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमा नै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुलाई कोरोनाभाइरस बिरुद्धको लडाईमा आग्रपन्तिमा उत्रिन अनुरोध गरेको छ ।परिवार दलले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरुलाई सहयोग गर्न विनम्र अपील पनि गरेको छ । अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासको बैठाले प्रशंसा गरेको छ ।
Facebook Comment