विश्वभर घटेन कोरोना महामारी, एकैदिन ९० हजार बढी संक्रमित, कुन देशमा कति ? (तालिका)

डिसी नेपाल
१४ वैशाख २०७७ ८:१८

काठमाडौँ । विश्वका २१० देशमा फैलिएको कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९० हजार ७२२ जना संक्रमित भएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २९ लाख १९ हजार ४०४ पुगेको छ ।

यस्तै शनिबार ६ हजार ६९ संक्रमितको ज्यान गएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३ हजार १६४ पुगेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा रहेका छन् । संयुक्त राज्य अमेरिकामा हालसम्म ९ लाख ६० हजार ६५१ जना संक्रमित भएका छन् । शुक्रबार अमेरिकामा ३५ हजार ४१९ नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाको महामारीसँगै विश्वका प्राय देशहरुमा लकडाउन जारी छ । तरपनि कोरोनाका संक्रमण र मृत्युदर घट्न सकेको छैन ।

शुक्रबार स्पेनमा ३ हजार ९९५, यूकेमा ४ हजार ९१३, रसिया ५ हजार ९६६, ब्राजिल ६ हजार २०१, पेरु ३ हजार ६८३, मेक्सिको १ हजार २३९ र भारतमा १८ सय ३६ नयाँ संक्रमित फेला परेका हुन् । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

यस्तो छ २१० देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

One thought on “विश्वभर घटेन कोरोना महामारी, एकैदिन ९० हजार बढी संक्रमित, कुन देशमा कति ? (तालिका)

  1. ajha ahile bata ramro hudai jaos earth ma, sabai sambandha ramro hudai jaos, god is there to make normal in few days.

Leave a Reply

Your email address will not be published. Required fields are marked *