एसपीमा बढुवा सिफारिस भद्रगाेल : कनिष्ठलाई काखा उत्कृष्टलाई पाखा

डिसी नेपाल
१४ वैशाख २०७७ ११:१४

काठमाडौं। प्रहरी प्रधानकार्यालय केही दिन अघि डिएसपीबाट एसपी बढुवाको सिफारिस गर्दा प्रहरीमा असन्तुष्टि बढेको छ। कार्यदक्षतामा अब्बल रहेका प्रहरी अधिकृतहरु बढुवामा छुटेपछि असन्तुष्टि बढेको हो।

डीएसपीबाट एसपी र एसपीबाट एसएसपी बढुवा सिफारिस गर्दा कनिष्ठ र विवादितहरुलाई गरेपछि असन्तुष्टि बढ्दै गएको छ। प्रहरी प्रधानकार्यालय भित्र उत्कृष्ट अधिकृतलाई पाखा लगाएर कनिष्ठलाई काखी च्यापेको भन्दै नेतृत्वको आलोचना हुन थालेको छ।

राजनीतिक दलका नेतादेखि विद्यार्थीका नेतासम्मलाई प्रभावित पार्ने विवादितहरु पनि बढुवा सिफारिसमा परेको भन्दै उनीहरुले प्रहरी महानीरिक्षक ठाकुर ज्ञावालीसँग समेत असन्तुष्टि व्यक्त गरेका थिए।

डीएसपीबाट एसपी र एसपीबाट एसएसपी बढुवा सिफारिस गर्दा कनिष्ठ र विवादितहरुलाई गरेपछि असन्तुष्टि बढ्दै गएको छ। प्रहरी प्रधानकार्यालय भित्र उत्कृष्ट अधिकृतलाई पाखा लगाएर कनिष्ठलाई काखी च्यापेको भन्दै नेतृत्वको आलोचना हुन थालेको छ।

डीएसपीबाट एसपी बढुवामा राजनीतिक हस्तक्षेप भएको छ। आइजीपी ठाकुरप्रसाद ज्ञवालीले अडान लिनै नसकेको, गृहमन्त्रालयबाट आएका नामलाई मात्रै सदर गरिदिएको कार्यसम्पादन मूल्यांकनमा दक्षता हासिल गरेका प्रहरी अधिकृतहरु छुटेको स्रोतले जनाएको छ।

उत्कृष्ट काम गरेको गृहमन्त्रालयलबाट पदकबाट समेत पाएका र इन्स्पेक्टरबाट डीएसपी बढुवा हुँदा १ र २ नम्बरमा बढुवा भएका भुवनेश्वर तिवारी र ऋषिराम कँडेललाई राजनीतिक पहुँचमा नपुग्दा छुटेका छन्।

कँडेलले यही बर्ष उत्कृष्ट काम गरेबापत सरकारबाट पदक पाएका थिए। तर प्रहरी संगठनले उत्कृष्ट काम गरेको भनेर पदक दिएका कँडेल बढुवामा पर्न सकेनन्। तिवारी र कँडेल यसअघि नै बढुवामा पर्नुपर्ने भएपनि त्यतिबेला छुटेका थिए। उनीहरुलाई दुई पटक बढुवामा छुटाइएयो। प्रहरी संगठनमा उनीहरुलाई राम्रो कार्यसम्पादन भएका प्रहरी अधिकृतका रुपमा लिइन्छ।

यसैगरी राजकुमार सिलवाल र अमेरन्द्र सिंहलाई पनि यसपटक अन्याय भएको छ। उनीहरु यसअघि नै बढुवा हुनुपर्ने भएपनि छुटेका थिए। उनीहरुभन्दा जुनियर सन्तोषसिंह राठौर, राजेन्द्र धमला, सन्तोष भट्टराईसहित ४ डीएसपी राजनीतिक पहुँचकै बढुवामा सिफारिस भएका छन्। राठौर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व सुरक्षा गार्ड हुन्।

भट्टराई पूर्वगृहसचिव प्रेम राईको सोर्सफोर्स लगाएर बढुवा सिफारिस भएका छन्। धमला रक्षामन्त्री इश्वर पोखरेलको कोटामा बढुवा सिफारिस भएका हुन्। शान्तिराज कोइराला यसअघि छुटेपनि उनी अहिले भने बढुवा भएका छन्। डीएसपीबाट एसपी बढुवामा पर्ने दयानिधि ज्ञवाली, प्रवीण धिताल विवादित डिएसपी हुन्।

ज्ञवाली ललितपुर परिसरको डीएसपी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ज्ञवालीको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधीन छ।

एसपीबाट एसएसपी बढुवा गर्दा होस् वा एसएसपीबाट डीआइजी बढुवा गर्दा होस मुद्दा परेकालाई नगर्ने नीति बनाएको भएपनि त्यसलाई लत्याइएको छ। उनलाई नेकपाका शीर्षनेताको दबाब बढुवा सिफारिस गएिको छ।

बढुवा सिफारिसका लागि ३ बर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर हुनुपर्ने हुन्छ। तर ज्ञवाली २ बर्षअघि मात्र विशेष अदालतबाट सफाइ पाएर बहाली भएका हुन्।
त्यसैगरी, डेढ बर्षअघि चितवनको डीएसपी हुँदा अत्यधिक मदिरा सेवन गरी सौराहाका होटलमा प्रहरी आचारसंहिता बिपरीत काम गरेको भन्दै उनलाई नसियत दिइएको थियो।

जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि बझाङका प्रहरी प्रमुख प्रविण धिताल विवादमा तानिएका थिए। उनी पनि बढुवाको सिफारिसमा परेका छन् । तर प्रहरी प्रधानकार्यालयका प्रवक्ता उमेशराज जोशीले कार्यसम्पादन मूल्यांकनमा अब्बल रहेका प्रहरी अधिकृतहरु बढुवामा परेको दावी गरेका छन्।

बढुवा सिफारिस समितिले तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजिब बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिव बहादुर श्रेष्ठ, शान्तिराज कोइराला, संजय सिंह थापालाई सिफारिस गरेको हो।

त्यस्तै महेन्द्र खड्का, दीपक पोखरेल, प्रभु ढकाल, सन्तोष भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दीपेन्द्र शाही, रामप्रसाद शाह, प्रेम बस्नेत, प्रबिण धिताल, दयानिधी ज्ञवाली र राजेन्द्र धमला सिफारिस भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *