र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी वीरगन्जकी युवतीको मृत्यु
काठमाडौँ । वीरगन्जमा आरडिटी टेस्ट (र्यापिड टेस्ट) मा पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।
लगातार तीन पटकसम्म आरडिसी टेस्ट गर्दा रिर्पोट पोजेटिभ देखिएकी वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान १ बजेतिर मृत्यु भएको हो।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
ब्लड क्यान्सरबाट ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियाे ।
र्यापिड टेस्टमा कोरोना देखिएपछि स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ।
यसको रिर्पोट आउन भने बाँकी छ ।
प्रतिक्रिया
Facebook Comment