कोरोना भाइरसको कारण भारतीय खेलाडीको निधन

डिसी नेपाल
१४ वैशाख २०७७ १२:०७

काठमाडौं । कोरोना भाइरसले भारतीय मूलका म्याराथन धावक अमरिक सिंहलाई पनि आफ्नो चपेटामा पारेको छ। विश्वको सबै भन्दा पुरानो म्याराथन धावक १०९ बर्षे फउजा सिंहको सबैभन्दा मिल्ने साथी र धावक साथी अमरिक सिंहले २२ अप्रिलमा बर्मिंघम सिटी अस्पतालमा अन्तिम सास लिए। अस्पतालमा डाक्टरहरूले उनका शब्दहरू बुझ्न र उनीहरूलाई बचाउन संघर्ष गर्नुपर्यो। ति शब्दहरू जुन उनको जीवनको अन्तिम शब्दहरू हुन्। अमरानका नाति ३४ वर्षीय पामन सिंहले आफ्नो हजुरबुबाको अन्तिम शब्द वाहेगुरु रहेको बताएका थिए। ग्लासगोमा बस्ने अमरिकले ६५० भन्दा बढी पदकहरू जितेका छन् जुन उनले विश्वभरि धेरै दौड प्रतियोगिता हरुमा जितेका थिए।

संचार माध्यमका अनुसार उनले ४६ वर्षको दौडन शुरू गरे र २६ पटक लन्डन म्याराथनमा भाग लिएका थिए । उनका नातिका अनुसार हरेक बर्ष जस्तै अमरिक १२ फेब्रुअरीदेखि १३ मार्च सम्म उनको आफ्नै गाउँमा सेवा दिन गएका थिए। अमरिकको मूल गाउँ पन्जाबको जालन्धरको पद्दी खालसामा छ। उनले आफ्नै गाउँमा नेत्र जाँच शिविर स्थापना गरे र घरबार विहीन र गरिब बच्चाहरूको शिक्षाको लागि चन्दा संकलन गरे। चिकित्सा शिविरमा उनी बिरामीहरूको ओछ्यानमा परिवर्तन गर्ने र तिनीहरूलाई वासरुम लैजान सहयोग गर्दर्थे । स्कटल्याण्डमा उनले सङलन गरेको अनुदान भारतको उनको गाउँका गरिब बच्चाहरूमा वितरण गर्दथे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *