आरडीटीमा लगातार ३ पटक पोजेटिभ देखिएकी युवतीको आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु

डिसी नेपाल
१४ वैशाख २०७७ १४:३०

काठमाडौं। लगातार ३ पटकसम्म र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)मा कोरोना पोजेटिभ देखिएकी उक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो तर आइसोलेसनमा राख्न नपाउँदै उनको ज्यान गएको हो । ती युवती वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिका निवासी २३ वर्ष उमेरकी थिइन् ।

ती युवतीलाई पहिलेदेखि नै ब्लड क्यान्सर समेत भएको बताइएको छ । यसअघि उनले भरतपुरस्थित क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउँदै आएकी थिइन् । शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि शुरुमा नेशनल मेडिकल कलेज लगिएकोमा त्यहाँ बेड खाली नभएको भन्दै फर्काइएपछि एडभान्स हस्प्टिलमा लगिएको थियो । उनी एक महिनाअघि मात्र क्यान्सर अस्पतालबाट फर्केकी थिइन् । त्यहाँ पनि ठाउँ नभएको भन्दै फर्काइएकी उनलाई तराइ हस्पिटल पुर्याएपछि मात्र आरडीटी परीक्षण भएको थियो ।

आरडीटी परीक्षणमा पहिलो पटक पोजेटिक देखिएकी उनको पछि परीक्षण गर्दा पनि लगातार ३ पटकसम्म कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सुरुवाती २ परीक्षण तराइ हस्पिटलले नै गर्दा पोजेटिभ देखिएपछि शनिबार राती नारायणी अस्पताको टोली गएर उनको तेस्रो आरडीटी परीक्षण गरेको थियो । तेस्रो परीक्षणमा पनि उनी पोजेटिभ नै पाइएपछि उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको थियो ।

उनलाई शनिबार राती नै नारायणी अस्पताल ल्याइँदै थियो । आइसोलेसनमा राख्नको लागि ल्याइँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनको गएराती १ बजेको आसपासमा ज्यान गउको हो । युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएको छ । पीसीआरको भने रिपोर्ट आउन बाँकी नै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *