काेरोना कोषमा ग्यास उद्योगीको १५ लाख
काठमाडौं। एलपीजी ग्यास उद्योगी संघले सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ दिएको छ । संघले आइतबार बाणिज्य मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
एलपीजी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले मन्त्री मार्फत सो रकम कोषमा दिएका हुन्। चेक लिँदै मन्त्री भट्टले लकडाउनले जनजीवन संकटमा पर्दा पनि खाना पकाउने ग्यास अभाव हुन नदिएर आफ्नो तर्फबाट सरकारलाई सहयोग गरेको भन्दै व्यवसायीको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment