नारायणी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं । नेपालमा आइतबार थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेहरुमा रौतहटका १९ वर्षीय एक युवक र अन्य तीन जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
रौतहटका युवक अस्पताल भर्ना भएको १२ औं दिनपछि तथा ३ जना १५औं दिनमा डिस्चार्ज भएका हुन् । उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ । हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् ।
Facebook Comment