जाहेरी लिन प्रहरीको ठाडो इन्कार

डिसी नेपाल
१४ वैशाख २०७७ १७:१६

काठमाडौं । सांसद अपहरणको जाहेरी लिएर टेकु पुगेका जनता समाजवादी पाटीलाई प्रहरीले फर्काएको छ । आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै प्रहरीले मोहत्तरी जानुस भनेर ठाडै इन्कार गरेको छ ।

जनाता समाजवादीको तर्फबाट गएका अधिवक्ता विरेन्द्र ठाकुरका अनुसार प्रहरीले पूर्वाग्रही ढंगले प्रहरीले उजुरी लिन नमानेको हो । उलने प्रहरीले जाहेरी नलिएर कानूनी राज्यको अवहेलना गरेको बताए ।

सांसद डा. सुरेन्द्र यादवका कानून व्यवासायी तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘प्रहरीले कानूनी तर्क दिँदा पनि दर्ता गर्न मानेन्। अब हामी अरु कानूनी बाटो भएर जान्छौं । उहाँलाई माथिको दबाव भएको मैले अनुभव गरे।

भोलि सरकारी वकिल जाने। कानुनका बाटा सबै अपनाउने पिडित पक्षको भनाइ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *