भारतमा एकै दिन थपिए १६०७ संक्रमित, ज्यान गुमाउनेको संख्या ८८१ पुग्यो
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार ६०७ जना नयाँ संक्रमित फेला परेका छन्े । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० पुगेको छ ।
संक्रमित मध्ये भारतमा ८८१ जनाको ज्यान गएको छ । आइतबार मात्रै भारतमा ५६ जना संक्रमितको ज्यान गएको छ।
यो समाचार तयार पार्दासम्म भारतमा ६ हजार ५२३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
भारतमा हालसम्म् ६ लाख २५ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युदर ह्वात्तै घटेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर ७३ हजार ८५९ नयाँ संक्रमित थपिएका छन् अहिल्लो दिनको तुलनामा १६ हजार ८७२ ले कमी हो । शनिबार विश्वभर ९० हजार ७३१ जना मानिस कोरोना संक्रमित भएका थिए।
त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमण घटेसँगै मृत्युदर पनि घटेको छ । आइतबार ३ हजार ७५१ जना संक्रमितको ज्यान गएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ३३८ ले कमी हो । शनिबार विश्वभर ६ हजार ६९ संक्रमितको ज्यान गएको थियो ।
Facebook Comment