कोरोनालाई जितेर घर फर्किनको संख्या बढ्यो, २४ घण्टामा ४२ हजार बढीको उपचार सफल

डिसी नेपाल
१५ वैशाख २०७७ ८:०८

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित मध्ये पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार २०४ जना निको भएर घर फर्किएका छन् ।

यो अघिल्लो दिनको तुलनामा आइतबार निको हुनेको संख्या ३ हजार ९६३ ले बढी हो । शनिबार ३८ हजार २४१ संक्रमित सफल उपचारपछि घर फर्किएका थिए ।

यो सामाचार तयार पार्दासम्म विश्वभर ९ लाख ७८ हजार ८१६ संक्रमित उपचारपछि घर फर्किएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पछिल्ला केही दिनदेखि दिनप्रतिदिन कोरोना निको हुनेको संख्या बढ्न थालेको छ ।

सबैभन्दा धेरै मानिस संक्रमित भएको संयुक्त राज्य अमेरिकामा १ लाख १८ हजार ७८१ संक्रमितको उपचार सफल भएको छ । अमेरिकामा सबैभन्दा धेरै ९ लाख ८७ हजार १६० जना संक्रमित छन् ।

यस्तै स्पेनमा १ लाख १७ हजार ७२७, इटलीमा ६४ हजार ९२८, फ्रान्समा ४४ हजार ९०३, जर्मनीमा १ लाख १२ हजार, चीनमा ७७ हजार ४७४ र ब्राजिलमा ३० हजार १५२ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

१ लाख ५२ हजार ८४० जना संक्रमित रहेको यूकेमा भने संक्रमित मध्ये कतिजनाको उपचार सफल भयो भन्ने बारे कुनै यकिन तथ्याङ्क सार्बजनिक भएको छैन ।

९० हजार ४८१ जना संक्रमित रहेको इरानमा ६९ हजार ६५७ जनाको उपचार सफल भएको छ । टर्कीमा २९ हजार १४०, क्यानडामा १७ हजार ३२१, बेल्जियम १० हजार ७८५, स्विट्जरल्याण्ड २१ हजार ८ सय र भारतमा ६ हजार ५२३ जनामा कोरोना निको भएका छन् ।

यस्तै हालसम्म ५२ जना कोरोना संक्रमित फेला परेको नेपालमा १६ जना संक्रमित सफल उपचार सँगै घर फर्किएका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म नेपालमा र्‍यापिड र पिसिआर दुई विधिबाट ५१ हजार ३६७ जनाको कोरोना परीक्षण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *