मृत्यु भएको भनिएका किमको पत्र देशका कामदारहरुकहाँ पुग्यो, के लेखिएको छ पत्रमा ?

डिसी नेपाल
१५ वैशाख २०७७ ९:४६

काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनको स्वास्थ्यसम्बन्धी खबर केही दिनदेखि चर्चामा छ । यही बीचमा १ दिनअघि हङकङको एक मिडियाले किमको मृत्यु भइसकेको समाचार सार्वजनिक गर्यो । त्यसको भोलिपल्टै दक्षिण कोरियाले किमको मृत्युको खण्डन गर्दै उनी जीवित र ठिक भएको बतायो । लगत्तै किमले लेखेको एक पत्र उत्तर कोरियाली कामदारहरुकहाँ पुगेको खबर सार्वजनिक भएको छ ।

यो पत्र किम स्वयंले पठाएका हुन् वा उनको तर्फबाट अरु कसैले पठाएको हो भन्ने पुष्टि हुन सकेको छैन । यद्यपि पत्रमा किमले देशको वनसन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणको काममा खटिएका कामदारहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकारी मिडिया केसीएनले पत्रबारे जानकारी दिएको हो । यसअघि आइतबार पश्चिमा मिडियामा २ किसिमका समाचार सार्वजनिक भएका थिए । एउटा समाचारमा किमको मृत्यु भएको भनिएको थियो भने अर्को समाचारमा किम वनसन क्षेत्रमा रहेको बिलासी रिसोर्टमा रहेको भनिएको थियो ।

‘सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रको पूर्वी किनारा क्षेत्रमा वनसन कालमा पर्यटकीय क्षेत्र निर्माणमा दत्तचित्त कामदारहरुको प्रशंसापत्र पठाउनु भएको छ,’ उत्तर कोरियाको प्रमुख पत्रिका रोडोङ सिनमनले लेखेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ । त्यहाँको केन्द्रीय प्रसारण निकाय दी कोरियन सेन्ट्रल ब्रोडकास्टिङ स्टेसनले पनि सोही रिपोर्ट प्रसारण गरेको छ । किमले गत फेब्रुअरीमा पनि कामदारहरुलाई यस्तै पत्र पठाउँदै उत्तर कोरियाको पर्यटनलाई बढाउन र अन्तर्राष्ट्रिय नाकावन्दीले हुने आर्थिक मन्दीलाई रोक्न मद्दत पुग्ने भन्दै प्रशंसा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *