महामारीको बेवास्ता गर्दै क्यालिफोर्नियाका जनता मजा लिन निस्किएपछि

डिसी नेपाल
१५ वैशाख २०७७ ११:११

लस एन्जल्स। अमेरिकामा कोरोनाभाइरसको महामारी उत्कर्षमा छ । तर, महामारीको बेवास्ता गर्दै यस सप्ताहान्त हजारौंको संख्यामा यहाँका मानिसहरु गर्मीको ‘हीट वेभ’को मजा लिन समुद्र किनार, गल्फ कोर्स र पार्कहरुमा जम्मा भए । पुलिसले मानिसहरुको भीड नियन्त्रण गर्न समुद्र किनार बन्द गराउनु परेको छ ।

यहाँ घरमै बस्न आदेश दिइएपछि अधिकांश मनोरन्जनात्मक क्षेत्र बन्द गराइएका छन् । तर अधिकारहिरुलाई अझै केही ठाउँ खुल्ला रहेको र ती स्थानले मानिसलाई तानिरहेको विश्वस गरेका छन् । यो सप्ताहान्तमा करिब १ महिना घरभित्रै रहेका मानिसहरु गर्मीको मजा लिन बाहिर निस्केका थिए । क्यालिफोर्नियामा आइतबार ३२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरियो ।

ओरेन्ज काउन्टीको न्यूपोर्ट बीचका एक लाइफगार्ड बटालियन प्रमुख ब्रायन ओरोरकेले भने ‘हामी गर्मीको दिनको भीड देखिरहेका छौं ।’ उनका अनुसार शुक्रबार करिब ४० हजार मानिसहरु गर्मीको मजा लिननिस्केका थिए । प्यासिफिक ग्रोभ पुलिसका अनुसार दक्षिणी किनारामा लभर्स प्वाइन्ट पार्क र समुद्र किनारलाई बन्द गराउनु परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *