फरक–फरक देशमा कहिले अन्त्य हुन्छ कोरोनाको प्रकोप, यस्तो छ देशअनुसारको अनुमान
काठमाडौं। कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएको छ । चीनले डिसेम्बर २०१९ देखि नै यसको प्रकोप झेलिरहेको छ । यद्यपि आइतबार चीनले यसको उद्गम स्थल वुहानमा कोरोनाको बिरामी नरहेको घोषणा गर्यो । यस्तै किसिमले अन्य देशहरुले पनि आफ्नो देशमा घट्दो विस्तारका अनुसार आफ्नो देशमा यो महामारी अन्त्य हुने समयको अनुमान गरिरहेका छन् । विश्वका हरेक देशले अहिले कोरोनाबाट मुक्तिको सम्भावित मितिबारे चर्चा गरिरहेका छन् ।
फरक फरक देशका अनुसन्धानकर्ताहरुले कोरोना महामारी अनत्य हुने फरक फरक मिति बताइरहेका छन् । यद्यपि विश्व स्तरमा भने यो महामारीको अन्त्य हुन डिसेम्बरसम्मको समय लाग्ने बताइएको छ । सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनले कोरोनाभाइरस समाप्त हुने मिति बताएको छ । युनिभर्सिटीले विश्वका विभिन्न देशमा यो महामारीको अन्त्य हुने मिति बताएको छ । युनिभर्सिटीले यो महामारीको जीवन चक्र केही देशमा समाप्तितर्फ बढिरहेको अनुमान गरेको छ । सर (ससेप्टेबल – इन्फेक्टेड रिकभर्ड)मोडलको माध्यमबाट विश्वभरको तथ्यांकको अध्ययन गरेर यो मिति तय गरिएको हो । यो अध्ययनपछि विश्वव्यापी रुपमा कोरोनाको प्रकोप डिसेम्बरपछि मात्र कम हुन थाल्नेछ ।
अध्ययनका अनुसार अमेरिकामा ११ मेसम्म ९७ प्रतिशत, २३ मेसम्म ९९ प्रतिशत र २६ अगष्टसम्म शतप्रतिशत रिकभर हुने अनुमान गरिएको छ । बेलायतमा २९ फेब्रुअरीदेखि यसको संक्रमण देखियो । यहाँ १५ मेसम्म ९७ प्रतिशत, २६ मेसम्म ९९ प्रतिशत र १३ अगष्टसम्म शतप्रतिशत रिकभर हुने अनुमान छ । यस्तै छिमेकी देश भारतमा २१ मेसम्म ९७ प्रतिशत, ३१ मेसम्म ९९ प्रतिशत र २५ जुलाइसम्म शतप्रतिशत रिकभर हुने अनुमान छ ।
रुसमा १९ जुलाइसम्म प्रकोपबाट शतप्रतिशत रिकभर हुने अनुमान गरिएको छ भने इरानमा २१ नोभेम्बरसम्म यो संकट अन्त्य हुने अनुमान छ । सबैभन्दा खराब स्थिति इटलीको छ । यहाँ ७ मेसम्म ९७ प्रतिशत, २० मेसम्म ९९ प्रतिशत र २४ अगष्टसम्म शतप्रतिशत रिकभर हुने अनुमान छ । जर्मनीमा ३१ जुलाइसम्म संक्रमण अन्त्य हुने अनुमान गरिएको छ । पाकिस्तानमा पनि ३१ जुलाइ, फ्रान्समा ४ अगष्ट, स्पेनमा ६ अगष्टसम्म यो महामारी नियन्त्रण हुने अनुमान छ ।
हेर्नुहोस् विश्वविद्यालयले गरेको १३० देशको अनुमान यस्तो छ –
Facebook Comment