भारतमा संक्रमितको संख्या २९ हजार नाघ्यो

डिसी नेपाल
१६ वैशाख २०७७ ७:०४

काठमाडौँ । पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि कोरोनाको प्रभाव ह्वात्तै बढेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २९ हजार ४५१ जना कोरोनाबाट संक्रमित भएका छन् । सोमबार भारतमा १ हजार ५६१ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये ९३९ जनाको ज्यान गुइएसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सोमबार भारतमा ५८ जनाको ज्यान गएको छ ।

यस्तै, कोरोना संक्रमित मध्ये ७ हजार १३७ जना संक्रमित उपचारपछि निको भएका छन् । भारतमा सोमबारसम्म ६ लाख ६५ हजार ८१९ जनाको कोरोना परीक्षण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *